तेइसौँ आहा रारा पोखरा गोल्डकपमा पुलिसको विजयी शुरुआत

पोखरा । विभागीय नेपाल पुलिस क्लव पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरेका हुन् ।

पुलिसले आगामी १६ गते हुने क्वाटरफाइनलमा चर्च व्याइज युनाइटेड क्लबको सामना गर्नेछ ।

यसअघिका प्रि-क्वाटरफाइनल खेलमा जित हासिल गर्दै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब, जाउलाखे क्लबले क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनलमा थ्रीस्टार र भुटानको पारो फुटवल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भूटानको पारो एफसी, साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।

प्रि-क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button