पोखरामा अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

पोखरा । पोखरामा अरुणा लामा-तारादेवी स्मृति साँझ हुने भएको छ । कार्यक्रम शनिबार हुनेछ । पोखरको एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम पोखरा-९ न्यूरोड संगम मार्गस्थित माछापुच्छ्रे बैंक्यूटमा हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

शनिबार साँझ ५.३० बजेदेखि सुरु हुने कार्यक्रम साँझ ७.३० बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कवि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्व. कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको शुरुआत गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट सांगीतिक प्रस्तुतिको शुरुआत गरेपछि ईतु जोजिजुले अरुणा लामाको ‘यहाँ फूल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिनेछन् ।

त्यसपछि शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको एक फूल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फूलैफूलको मौषम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत स्व. स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रम बिट मार्नेछिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button