
पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले बहुविवाह आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ८ रानीवनका ओमबहादुर खत्री र सोविता भट्ट छन् ।
बहुविवाह गरेको भन्दै ओमकी श्रीमती सिर्जना खत्रीको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध बहुविवाह कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद दिइएको प्रहरीले जनाएको छ ।





