बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ स्थित प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा आज कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ ।

पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् ।

स्थानीय भक्तजनले चन्दा सङ्कन गरी मन्दिर निर्माणसँगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन् ।

मूर्तिसँगै मन्दिरमा शिव लिङ्ग पनि स्थापना गरिएको छ ।

मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, नगर प्रवक्ता लालबहादुर ऐर, वडाध्यक्ष कमल ठकुल्ला, दानसिंह ऐर, रमेश ऐर, नरेन्द्रप्रसाद चौधरीलगायत उपस्थित थिए ।

सिद्धनाथ बैजनाथ मन्दिर यसक्षेत्र कै प्राचीन मन्दिर हो ।

स्थानीय सामाजसेवी करन सिंह ऐरका अनुसार रु १० लाख चन्दा सङ्कलन गरी मन्दिर निर्माण गरिएको हो ।

मन्दिरको भौतिक पूर्वाधार विकासमा वडा कार्यालयबाट रु तीन लाख बरावरको सहयोग प्राप्त भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button