पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालयको स्वर्ण महोत्सव समारोह आज

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव आज मनाउने भएको छ ।

आज विशेष समारोहका बीच विद्यालयको नवनिर्मित भवन उद्घाटनसहित अभिभावक दिवससमेत हुनेछ । कार्यक्रमको सबै तयारी पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

विद्यालयको स्वर्ण महोत्सवको सन्दर्भमा शुक्रबार प्रभातफेरि आयोजना गरिएको थियो । बाजागाजा र भजनचुड्कासहितको प्रभातफेरि र्यालीले स्कूलबाट सुरु भएर पोखरा-५ भित्रका विभिन्न स्थान परिक्रमा गरिएको थियो ।

त्यसअघि बिहीबार विद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि स्वास्थ्य शिविर, मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण, रक्तदान कार्यक्रम, पुस्तकालय भवन शिलान्यास, विद्यार्थीलाई न्यानो कपडा वितरणका साथै विभिन्न खेलकुद गतिविधि भएका थिए ।

स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीको संयोजकत्वमा स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिएको छ । यो समितिले कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।

वि.सं. २०२१ सालमा पोखराको मालेपाटन चौरमा स्थापित विद्यालयले २०३० सालमा मात्रै औपचारिकता पाइको थियो । विद्यालयमा २०३४ सालमा कक्षा १ देखि ७ सम्म पढाइ सञ्चालन गरेको थियो भने २०५९ सालबाट शिशुदेखि कक्षा ८ सुरु भएको हो ।

विद्यालयममा २०६० सालमा ६ सय ४ जना विद्यार्थीले अध्ययन गरेका थिए । यो संख्या हालसम्मकै धेरै हो । विद्यालयमा हाल ४ सय ३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ७७ वटै जिल्लाका विद्यार्थीले अध्ययनरत छन् ।

विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि सहयोग संकलन अभियान सञ्चालन भइरहेको प्रधानाध्यापक शर्माले बताइन् । विद्यालयको पूर्व विद्यार्थी मञ्च पुस्तकालय भवन निर्माण अभियानमा जुटेको हो । उक्त भवन निर्माण र स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button