आजको मौसमः हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु

  • पोखरा न्यूज
  • २०८० माघ १३
आजको मौसमः हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कोशी, बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पनि गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस