
पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा महानगर वडा नं. ११ को अध्यक्षमा कुमार क्षेत्री चयन भएका छन् ।
संस्थाको उपाध्यक्षमा कल्पना सुवेदी बास्तोला, सचिव सुनिता आचार्य, कोषाध्यक्षमा हिराबहादुर केसी छन् ।
यसैगरी सदस्यहरुमा क्षेत्रबहादुर कार्की, पार्वती आचार्य, यमकुमारी गुरुङ, सावित्री आचार्य, भिमप्रसाद आचार्य र जमुना बास्तोला छन् ।
उक्त अवसरमा पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले भेलाको उद्घाटन गर्दै प्राकृतिक स्रोतबाट आयआर्जन एवम् रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
वन उपभोक्ता समूहले वनसंगै सार्वजनिक जग्गाको समेत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले स्वदेशी वन पैदावार उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प नभएको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले स्वदेशी काठ वनमा कुहिने र विदेशी काठ आयातमा बार्षिक अरबौँ रुपैयाँ बाहिरिने प्रवृत्तिको अन्त्य हुनु पर्ने बताए ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले विश्वमा नेपाल सामुदायिक वनको देशकारुपमा परिचित हुन सफल भएको बताउँदै वन पैदावार उपयोगमा सर्वसुलभ नीति आवश्यक रहेको बताए ।
महासंघ पोखराका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, महानगर उपाध्यक्ष भरतराज आचार्य, सचिव सिता सापकोटा, नवनिर्वाचित अध्यक्ष कुमार क्षेत्री, लगायतले वनको महत्व र उपयोगिताबारेमा प्रकाश पारेका थिए ।





