ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा शर्मा निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ स्थित ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा रामचन्द्र घिमिरे शर्मा निर्वाचित भएका छन् ।

संस्थाको शनिबार सम्पन्न १२औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा शान्तिश्री थापा, सचिवमा सूर्यप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा पूजन कुमार श्रेष्ठ छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा रामराज कोइराला, शुभकार उप्रेती, एलीशा श्रेष्ठ, लक्ष्मी कोइराला, दुर्गा खड्का चयन भएका छन् ।

अधिवक्ता हरिप्रसाद पण्डित निर्वाचन अधिकृत रहेर नयाँ कार्यसमिति चयन गरिएको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले वडाभित्रको  विकास निर्माणमा टोल विकास संस्थाको भूमिका निकै महत्वपूर्ण हुने भएकाले वडाले टोल विकास संस्थालाई प्राथमिकतामा राखेको बताए ।

वडासदस्य प्रकाश कोइरालाले आफ्नो टोलमा भएका समस्या समाधान र विकृति, विसंगति न्युनिकरणका लागि संस्था सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष शंकरनाथ कोइराला, सम्मानित व्यक्तित्व डा. देवीलाल शर्मा तिमिल्सिना, निर्वाचन अधिकृत अधिवक्ता हरिप्रसाद पण्डित लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष नारायणकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र घिमिरे शर्माले स्वागत र सचिव शान्तिश्री थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button