पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखराका सामुदायिक विद्यालयहरुमध्ये सर्वोत्कृष्ट घोषित भएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराले पोखरामा सञ्चालित ७९ सामुदायिक माध्यमिक विद्यालयमा २०७९ को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको थियो । सो विश्लेषणमा औसत जिपिए ३.१८ प्राप्त गरी विन्ध्यवासिनी उत्कृष्ट नतिजासहित प्रथम भएको हो ।
महानगरको विश्लेषणमा पोखरा-१२ स्थित अमरसिंह मावि ३.०८ जिपिए प्राप्त गरी दोस्रो र पोखरा-१२ कै शीतलादेवी मावि ३.०७ जिपिए प्राप्त गरी तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीको नतिजा विश्लेषणमा पनि विन्ध्यवासिनी प्रथम, अमरसिंह द्वितीय र शीतलादेवी तृतीय भएका छन् ।
एसईईमा कम्तीमा ५० जना परीक्षार्थी समावेश भएका सामुदायिक विद्यालयमध्ये भुर्जुङ्गखोलास्थित माछापुच्छ्रे माविले २.९५ जिपिएसहित चौथो स्थान प्राप्त गरेको छ ।
विन्ध्यवासिनी माविमा प्रयाप्त खेलकुद मैदान नहुँदा थोरै अकंले केन्द्रको मूल्यांकनमा प्रथम हुनबाट रोकिएको छ ।
पर्याप्त खेलकुद मैदानको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समितिलाई स्थानीय सरोकारवालाले सुझावसमेत दिएका छन् ।
स्थानीय चण्डीका आधारभूत विद्यालयलाई पनि विन्ध्यवासिनीमै मर्ज गर्ने निर्णयसहित तयारी गरिएको छ । विद्यालयमा हाल १ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
विन्ध्यवासिनी मावि यसअघि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा भने नेपालभरमै प्रथम र शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution