पोखरा । आज जनवरी महिनाको अन्तिम आइतबार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ ।
नेपालमा हरेक वर्ष २ हजारभन्दा माथि कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । नेपाल सरकारले निःशुल्क कुष्ठरोगको औषधि उपलब्ध गराउँदै आइरहेको छ । कुष्ठरोग सरुवा रोग भएका कारण परिवारमा वा समुदायमा कसैलाई देखिएमा अरुलाई पनि सर्न सक्छ । तर, यो सर्न लामो समय लाग्ने जानकारहरूले बताउने गरेका छन् ।
कुष्ठरोग सुरुकै अवस्थामा पत्ता लगाउन गाह्रो हुने भएका कारण यसको पहिचानमा कमी भइरहेको चिकित्सकहरूले बताउने गरेका छन् । उनीहरूका अनुसार कुष्ठरोगको सुरुवाती चरण सानो दागबाट हुने भएका कारण धेरैजसोले हेलचेक्र्याइँ गर्ने गरेको पाइन्छ ।
कुष्ठरोगको समयमै पहिचान भई उपचार हुन नसकेमा बिरामी अपाङ्गता हुनुका साथै उसको ज्यानसमेत जान सक्छ ।
नेपालमा कुष्ठरोगको परीक्षण र उपचार विभिन्न ठाउँमा हुँदै आएको छ । कुष्ठरोगकै उपचारका लागि देशभर पाँचवटा ‘डेडिकेटेड’ अस्पताल छन् । जुन ललितपुरमा आनन्द वन अस्पताल, पोखरामा हरियो खर्क अस्पताल, धुनुषामा लालगढ अस्पताल, बाँके र सुर्खेतमा साइनिङ अस्पताल रहेका छन् ।
कुष्ठरोग भएको पत्ता लागेका बिरामीले जुनसुकै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि पाउन सक्छन् । तर, अस्पतालमा रोग पत्ता लगाउने, रोगबाट अत्पन्न जटिताहरूको व्यवस्थापन गर्नुका साथै उनीहरूको पूर्ण स्थापना सेवा दिँदै आएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution