पोखरा । मदिरा व्यवसायी समिति कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । शिविरमा १ सय ५२ जनाको मधुमेह र टिजी जाँच गरिएको हो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान सरकारी क्षेत्रभन्दा निकै ठूलो रहेको जनाए । उनले रोग लागिसकेपछि भन्दा पनि लाग्न नदिन यस्ता शिविरले सघाउने जनाए ।
वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले मधुमेह, थाइराइड, टिजी जस्ता समस्या आउनै नदिन र आएपछि पनि खानपान र जीवन शैलीको ठूलो भूमिका हुने औंल्याए ।
उनले भने, ‘मधुमेह रोग होइन, एउटा असन्तुलन हो । यसका कारणले आउने जटिलताहरुचाहिँ रोग हुन् । खानपिन र जीवनशैलीलाई ध्यान दिए यो रोग लागिसकेपछि पनि दीर्घजीवन जीवन सकिन्छ ।’
नागरिकलाई सचेत बनाउँदै रोग लाग्न नदिन र लागिहाले पनि उचित उपचारका लागि यस खालका कार्यक्रम निकै उपयोग हुने उनको भनाइ छ ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ संस्थाले स्थापना कालदेखि स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको बताए ।
युआरएलको १० वर्षे यात्रामा यसले १ लाख ७० हजारभन्दा बढीलाई शिविरहरुमार्फत् सित्तैमा सेवा दिएको छ ।
अध्यक्ष पन्तले भने, ‘अब विशेषज्ञ सेवासहित दुर्गम ठाउँमा पनि शिविर गर्ने योजनामा छौँ । हामी विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ५८ औँ शिविर हो ।
मदिरा व्यवसायी समिति कास्की अध्यक्ष सुरेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसी र जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेलले पनि बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution