डिफेण्डिङ च्याम्पियन संकटालाई पाखा लगाउँदै आर्मी सेमिफाइनलमा

पोखरा । डिफेण्डिङ च्याम्पियन संकटालाई पाखा लगाउँदै विभागीय टिम त्रिभुवन आर्मी पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले संकटालाई २-० गोलले पाखा लगाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे ।

आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

आर्मी चार पटक फाइनलमा पुगेको भएपनि हालसम्म उपाधि विमुख छ ।

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button