स्याङ्जामा करेन्ट लागेर एक महिलाको मृत्यु

पोखरा । स्याङ्जामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं. ८ काहुलेकी ५० वर्षकी चन्द्रकुमारी सुनार रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्रबहादुर रानाका अनुसार सुनार आज दिउसो १२ः३० बजे जंगलबाट घाँस बोकेर घर फर्किनेक्रममा घाँसले विजुलीको तारमा छुन गइ करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको डीएसपी रानाले जानकारी दिए ।

सुनारको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button