पोखरा । पोखरा लेडी जेसीजले पोखरा महानगरपालिका वडा नं. २७ स्थित कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा खाद्यान्न सामाग्री, न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।
जेसीजले सहयोग गरेको सामाग्रीहरु ७५ हजार रुपैयाँ बराबरको रहेको कार्यक्रम संयोजक सगुन पौडेलले जानकारी दिइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले पोखरा लेडी जेसीजको कामप्रति आफू पूर्ण जानकार रहेको भन्दै स्थापनाकालदेखि नै उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै प्रशंसा गरे । उनले जेसीजद्वारा सहयोग गरिएका सामाग्रीहरु आश्रमका लागि निकै महत्वपूर्ण हुने बताए ।
अध्यक्षको आशनबाट बोल्दै संस्थाकी अध्यक्ष गायत्री फुयाँलले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै यस्ता कार्य गरिँदै आएको भन्दै आगामी दिनमा पनि यस्ता पवित्र कामले निरन्तरता पाउने बताइन् ।
सो अवसरमा सामुदायिक प्रहरी केन्द्र डाँडाकोनाकका अध्यक्ष कृष्णप्रसाद अधिकारी, आश्रमका संरक्षक कल्याण कुमार कार्की, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष प्रमिला सुवेदी लगायतले जेसीजको कार्यक्रम अत्यन्तै उत्कृष्ट रहेको र कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा कार्यक्रम संयोजक सगुन पौडेलले स्वागत, करुणा पाण्डेले जेसीज आस्था पाठ, कार्यकारिणी उपाध्यक्ष सुनिता गौतमले धन्यवाद ज्ञापन र सचिव नन्दकुमारी (गीता) ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution