पोखरा । तमु धिं नेपाल र तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले विदेशबाट घरदेश आएका पाहुनालाई स्वागत र सम्मान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमु धिं नेपालमा आइतबार आयोजित एक कार्यक्रमका बीच उनीहरुको स्वागत र सम्मान गरिएको हो ।
कार्यक्रममा सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ, घान्द्रुक समाज जापानका नवनिर्वाचित अध्यक्ष युक्तमान गुरुङ, दूधपोखरी तमु समाज जापानका अध्यक्ष धनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष गुरुङ गुरुङ संगी, तमु धिं युकेका कार्यसमिति सदस्य एवम सहारा युकेका सल्लाहकार भोजबहादुर गुरुङलाई स्वागत र सम्मान गरिएको हो ।
यसैगरी सहारा युके तथा तमु धिं युकेका सल्लाहकार कृष्णबहादुर गुरुङ, नरजंग गुरुङ, सहारा युकेका सदस्य देव गुरुङ, गोर्खा मिडिया युकेका प्रवन्ध निर्देशक मिलन तमु गुरुङ, तमु धिं कोरियाका आजीवन सदस्य विपना गुरुङ, हिमाली गुरुङ, क्या.कमल गुरुङ लगायतलाई पनि सो अवसरमा स्वागत र सम्मान गरिएको थियो ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुना गुरुङ, तमु(गुरुङ), कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले क्रेगी, खादा, बुके, सम्मानपत्र, मायाको चिनो लगायतबाट उनीहरुको स्वागत सम्मान गरिएको हो ।
संघका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, युक्तमान गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रम संचालन तमु(गुरुङ)कलाकार संघ गण्डकीका महासचिव टसबहादुर गुरुङले गरेका थिए ।
सो अवसरमा घरदेशमा आएका कृष्ण गुरुङ, देव गुरुङ, युक्तमान गुरुङ, धनप्रसाद गुरुङ, ओम गुरुङ, विपना गुरुङ, हिमानी गुरुङ लगायतले तमु (गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको आजीवन सदस्य बनेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution