पोखरा । कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।
कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुने बताए ।
न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उनले साहित्यिक लेखनमा निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।
कृतिका समीक्षक विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले साहस, संघर्ष र धैर्यताका कथा ‘नदेखिएका घाउ’ मा रहेको बताए ।
जीवनका भोगाईलाई न्यौपानेले कृतिमा प्रस्तुत गर्न खोज्नुुभएको उनले बताए ।
प्रा.डा.रामनाथ ओझाले आत्मकथा लेखन आँफैंमा धेरै दुत्साहपूर्ण लेखन भएको बताउँदै न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुर्गाबहादुर शाह(बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू आवद्ध रहेको बताए ।
लेखक न्यौपानेको नदेखिएको घाउ कृति साहित्यिक क्षेत्रमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरिन् ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गरेका थिए भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कविता पाण्डे लगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution