सवारी दुर्घटनामा बाबुको मृत्यु, छोरी घाइते

चितवन । चितवनमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर-१६ शिवघाटका ४१ वर्षीय मधुसुदन खत्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा उनकी १५ वर्षकी छोरी अपेक्षा खत्री गम्भीर घाइते भएकी छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

शनिबार साँझ शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले बाबु छोरी सवार बा.प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका-१६ शिवघाटमा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button