आज नेपाल नर्सिङ दिवस

पोखरा । आज नेपाल नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ ।

आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् ।

नेपालमा नर्सिङ्ग पेसा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् ।

नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन ।

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वयंसेवीका रुपमा काम गर्न बाध्य छन् ।

जसले गर्दा उनीहरुको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन नसकेको चर्चा हुँदै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button