तेइसौं आहा रारा पोखरा गोल्डकप : आज मनाङ मर्स्याङ्दी र जाउलाखेल भिड्दै

पोखरा । पोखरामा जारी तेइसौँ आहारारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज सोमबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ ।

जसमा ६ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लब र जाउलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

जाउलाखेलले प्रिक्वाटरफाइनलमा मच्छिन्द्र फुटवल क्लवलाई हराउँदै क्वाटरफाइनल खेल्न आइपुगेको हो भने मनाङ सिधै क्वाटरफाइनल प्रवेश गरेको हो ।

आजको विजेता प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टिमले महत्वका साथ हेरेका छन् । आहा रारा गोल्डकपको इतिहासमा यी दुई टोली एक पटकमात्र आमनेसामने भएका छन् ।

२०६८ मा भएको प्रतियोगिताको फाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो, जसमा मनाङ २-० गोलले विजयी हुँदै उपाधि जितेको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनलबाट थ्रीस्टार र दोस्रो क्वाटरफाइनलबाट त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

थ्रीस्टारले भुटानको पारो एफसी र आर्मीले डिफेण्डिङ च्याम्पियन संकटा क्लवलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बलियो प्रतिद्वन्दी थ्रीस्टार क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button