अखिल नेपाल यातायात मजदुर संघ कास्कीको इञ्चार्जमा अर्जुन

पोखरा । अखिल नेपाल यातायात मजदुर संघ कास्कीको इञ्चार्जमा अर्जुन पौडेल मनोनित भएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ गण्डकीको बैठकले पर्वत निवासी पौडेललाई कास्की जिल्ला इञ्चार्जमा मनोनित गरेको हो ।

बैठक प्रदेश अध्यक्ष सूर्यभक्त पौडेलको अध्यक्षतामा र केन्द्रीय अध्यक्ष दीपक केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पौडेल डेढ दशकदेखि यातायात क्षेत्रमा क्रियाशील छन् । सार्वजनिक यातायात क्षेत्रका स्वरोजगार चालक, चालक, यातायात श्रमिक र यातायात व्यवसायीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

पौडेलले संघको इकाई सदस्य, जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै हाल गण्डकी प्रदेश सचिवको जिम्मेवारीमा पनि सम्हाल्दै आइरहेका छन् ।

संघका केन्द्रीय अध्यक्ष केसीले पौडेल संयोजक बनेसँगै कास्की संघले थप नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश अध्यक्ष पौडेलले अर्जुनलाई शुभकामना दिँदै यातायात मजदुरको क्षेत्रमा खरोरुपमा उत्रिन आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button