बेगनासताल नजिकै खुल्यो होटल मकाउ, १३ करोड लगानी

पोखरा । तालको बाटिका सहर लेखनाथको बेगनासताल नजिकैको नहरचोकमा होटल मकाउ सञ्चालनमा आएको छ ।

होटलमा २६ कोठा छन् । जसमा कोठामा चिसो-तातो पानीसहितका डिलक्स, सुपर डिलक्स, कोरियन, बाथटप र ज्याकुजी छन् ।

होटल निर्माणमा करिब १३ करोड खर्च भएको सञ्चालकको दावी छ । करिब तीन रोपनी क्षेत्रफलमा होटल निर्माण भएको छ भने १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

होटल सञ्चालक रामप्रसाद गुरुङ किसानका अनुसार रेष्टुरेन्ट, बार, लिफ्ट, हल र पर्याप्त पार्किङ लगायतका सुविधा छन् । होटलको पाँचौ तलामा ब्रेकफास्ट र रात्री डिनरका लागि रूफटप, पार्टी र मिटिङका लागि हलकोसमेत व्यवस्था छ ।

होटलको छतबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला, बेगनासताल, वरपरको हरियाली र आर्कषक गाँउहरू प्रष्टरूपमा देख्न सकिन्छ ।

स्वदेश तथा विदेशबाट आउने पर्यटकहरूका लागि शान्त र पारिवारिक वातावरणमा स्तरीय आतिथ्यता प्रदान गर्दै उनीहरूको मन जित्न सफल भएको सञ्चालक गुरुङले दावी गरे ।

तीन दशक भन्दाबढी ताईवान, कोरिया र हङकङमा श्रीमती पानकुमारी गुरुङका साथ बसेर त्यहाँ सिकेका सिप र रकमलाई नेपालमै लगानी गर्ने र होटल व्यवसायमा केही राम्रो र फरक गर्ने सोंचका साथ कोरोना कालमा सपरिवार स्वदेश फर्केर होटल सञ्चालनमा ल्याएको उनले बताए ।

विदेश बसाईमा आफूले देखेको प्रविधि, सर्भिस र अनुभवलाई आत्मसाथ गरी होटलका सबै रूमहरूलाई फरक सुविधा सम्पन्न, आर्कषक र स्तरीय बनाउन बेड, बाथरूम, कलर लगायत सबै विशेष सामानहरूको प्रयोग गरिएको छ ।

होटलमा आर्कषक रेष्टुरेन्ट र बारको पनि व्यवस्था गरिएको छ भने ग्राहकहरूको अर्डर अनुसारका स्वादिष्ट, फ्रेस र ताजा खाना, खाजा र ग्रिल फिसकोसमेत व्यवस्था गरिएको छ ।

होटलमा कोठाहरु स्तरअनुसार दुई हजार ५०० देखि सात हजार रुपैयाँसम्मका छन् । होटलले नयाँ बर्ष, दशैँ, तिहार लगायतका विशेष अवसरमा ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने गरेको छ ।

यस्तै, जन्मदिन विशेष र वैवाहिक वार्षिकोत्सव विशेष ग्राहकहरूका लागि होटलले निःशुल्क केक उपहार प्रदान गर्दै आएको छ ।

ग्राहकको सेवा, सुरक्षा र सन्तुष्टि नै पहिलो लक्ष्य राखेर सञ्चालनमा रहेको मकाउले नेपालका चर्चित कलाकार, गायक, गायिका, सफल व्यवसायी, नेता लगायतका विशिष्ट व्यक्तिहरूलाई समेत आतिथ्यता प्रदान गरिसकेको छ ।

पृथ्वी राजमार्गको नजिकै तालचोकबाट बेगनासतालतर्फ आउनेक्रममा बाटोमा पर्ने मकाउ यस क्षेत्रमा पर्यटकहरूको रोजाईमा पर्ने सञ्चालन गुरुङको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button