पोखरा । पोखरामा प्रथम पुन हिल कप भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
पुन दिवसको अवसरमा पुन समाज नेपालले पुरुष, महिला तथा प्रौढ प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले प्रतियोगिता शुभारम्भ गरेका छन् ।
प्रतियोगितामा आजदेखि प्रौढतर्फका खेल सुरु भएको छ ।
पुरुषतर्फको प्रतियोगिता विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी महिलातर्फको विजेताले ६६ हजार ६ सय ६६ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ, प्रौढतर्फको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका महासचिव खिमनशेर पुर्जा पुनले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution