पोखराको जिरोमा बैंकको एटीएम फोड्ने प्रयास, पौडेल पक्राउ

पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास भएको छ ।

गएराति ११ः४५ बजे पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटरस्थित एनएमबि बैंकको एटीएम फोड्ने प्रयास भएको हो ।

एटीएम फोड्दै गरेको अवस्थामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घर भइ हाल पोखरा-१७ बिरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरि जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button