
पोखरा । कास्कीको भुर्जुङखोलाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
आइतबार साँझ ५ बजे प्रहरी चौकी सार्दीखोलाबाट खटिएको टोलीले माछापुच्छ्रे गाउँपालिका वडा नं.२ भुर्जुङखोलाको कोल्चोकस्थित चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनका वर्ष ३४ का कुमार सुनार र वर्ष २८ का सन्तोष सुनार रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध गाँजा १ किलो ३० ग्राम बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेका दुवै विरुद्ध लागूऔषध सम्बन्धी मुद्धामा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले जानकारी दिए ।





