पोखराको जौवारीबाट दुईवटा टिपर नियन्त्रण

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने दुई वटा टिपर नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो ४ बजे पोखरा महानगरपालिका वडा नं. १ जौवारीबाट ग२ख ३०९ र लु२ख ८१६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले ढुङ्गा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अवस्थामा टिपर नियन्त्रणमा लिएर थप अनुसन्धान र आवश्यक कार्वाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button