आज गण्डकीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८० माघ १६
आज गण्डकीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

|फाइल तस्बिर

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

अहिले बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राति कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

कोशी प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस