टिपरकोे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । हेटौँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं. २ खोलाखेतका २५ वर्षीय हरि पनेरु रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँस्थित सडकमा मधेस प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ना२६प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा पनेरुको घटनास्थलमै मृत्यु भएको हो ।

पनेरु मोटरसाइकल चालक हुन् ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button