आज पनि बढ्यो सुन-चाँदीको भाउ

  • पोखरा न्यूज
  • २०८० माघ १६
आज पनि बढ्यो सुन-चाँदीको भाउ

पोखरा । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यसमेत वृद्धि भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस