पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सिमलाचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालय सिमलचौर पोखराको ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सो अवसरमा विज्ञान तथा सामाजिक अध्ययन प्रदर्शनी, राइम्स, नृत्य एवं पुरस्कार वितरण गरिएको थियो ।
त्यस अवसरमा आयोजित विज्ञान तथा सामाजिक अध्ययन प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । विद्यार्थीहरुको प्रतिभा, क्षमता र कलाको उक्त प्रदर्शनीका अवलोकनकर्ताले प्रशंसा गरेका थिए ।
प्रतियोगितात्मक प्रदर्शनीमा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय समूहलाई तहगत रुपमा आकर्षक नगद पुरस्कार वितरण गरिएको थियो ।
त्यस समारोहमा नर्सरी, केजी कक्षा १ र २ का विद्यार्थीले राइन्स र नृत्य पनि प्रस्तुत गरेका थिए । कक्षा १ देखि १२ का विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव समारोहमा अभिभावकको तर्फबाट कुलमाया पौडेल क्षेत्री, हिसान गण्डकीका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले बोलेका थिए ।
पोखरा लिंकन इन्टरनेसनल कलेज एवं लिटिल स्टेप मावि व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव उदासको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
अग्रणी शिक्षासेवी एवं पोखरा लिंकन इन्टरनेशनल कलेज तथा लिटिल स्टेप मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर गुरुङ कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यालयका कार्यक्रम र आयामबारे चर्चा गरेकी थिइन् ।
कार्यक्रम सञ्चाला मावि संयोजक ताराप्रसाद सुवेदी, गणित शिक्षक चित्रबहादुर अधिकारी एवं विद्यार्थी सिर्जना क्षेत्रीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution