पोखरामा प्रथम पुन हिल कप भलिबल प्रतियोगिता जारी

पोखरा । पोखरामा प्रथम पुन हिल कप भलिबल प्रतियोगिता जारी छ । प्रतियोगिता अन्तर्गत प्रौढतर्फ क्वाटरफाइनलका खेलहरु सकिएको छ ।

अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ ।

१२ समूह सहभागी भएको प्रौढ भलिबलको विजेताले ३३ हजार ३ सय ३३, विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी महिलातर्फ दुई खेल सम्पन्न भएको छ । जसमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २-० को सोझो सेटमा पाखा लगायो ।

अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २-० को सोझो सेटमा हरायो ।

१५ समूह सहभागिता रहेको महिलातर्फको विजताले ६६ हजार ६ सय ६६ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको रणचण्डी दल विजयपुरलाई रामबजार पुन समाजले २-० को सोझो सेटमा पराजित गरेको छ ।

पुरुषतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button