युआरएलले जाँच्यो इलेक्ट्रोनिक्स व्यवसायीको स्वास्थ्य

  • पोखरा न्यूज
  • २०८० माघ १६
युआरएलले जाँच्यो इलेक्ट्रोनिक्स व्यवसायीको स्वास्थ्य

पोखरा । पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३औँ स्थापना दिवसमा भएको शिविरमा १ सय २ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

पोखराको न्यूरोडस्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा भएको शिविरमा १ सय २ जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो ।

सोही अवसरमा आयोजित रक्तदानमा ४१ युनिट रगत संकलन भएको छ ।

युआरएलले स्थापना कालदेखि नै विभिन्न संघ, संस्थासँग सहकार्य गरी शिविर गर्दै आएको छ ।

स्थापननको १० वर्षमा १ लाख ६० हजारले शिविरबाट सेवा लिइसकेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न स्थानमा शिविर आयोजना गर्दै आएको पन्तले बताए ।

प्रदेशलाई नै रगत जाँचमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ युआरएल अघि बढेको भन्दै अध्यक्ष पन्तले अहिले गण्डकी प्रदेशका २० स्थानबाट सेवा दिइरहेको बताए ।

पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण सुवेदीले मोवाइल र अन्य इलेक्ट्रोनिक्स व्यवसायका फरक खालका समस्या रहेको जनाउँदै ती समस्या समाधानका लागि व्यावसायिक एकता अपरिहार्य भएकोमा जोड दिए ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष उदयबहादुर केसी (लाहुरे दाइ), सचिव चिन्तामणि खरेल लगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस