पोखराका केसी सवारी ज्यानसम्बन्धी मुद्धामा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी ज्यानसम्बन्धी मुद्धामा फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३३ तल्लोपुडीका वर्ष ३१ का नगेन्द्र केसी रहेका छन् ।

केसीलाई ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको टोलीले माघ १६ गते उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

२०७९ माघ २९ गते कास्की जिल्ला अदालतको फैसला अनुसार केसीविरुद्ध २ वर्ष ११ महिला ६ दिन कैद सजाय र ३२ हजार रुपैयाँ जरीवाना तोकिएको छ । पक्राउ परेका केसीलाई प्रहरीले अदालतमा पेस गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button