
पोखरा । बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनील कोइरालाको निधन भएको छ ।
तीन दिन अघि हृदयाघात भएका उनको उपचारका क्रममा आज साँझ निधन भएको हो ।
कोइराला लामो समयदेखि समाज सेवाका साथै व्यवसायमा आवद्ध थिए ।
अनील तीन दाजुभाईमध्ये माइला हुन् । उनका दाइ सञ्जीव र भाइ सुनिल कोइराला छन् ।
दाई सञ्जीव नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।
अनीलका श्रीमती लीला, दुई छोरा अचल र अविनभ छन् ।
स्व. अनीलको बिहीबार बिहान ८ः३० बजे आफ्नै निवास गणेशटोलबाट शवयात्रासहित अन्त्येष्टि गरिने उनका दाजु सञ्जीव कोइरालाले जानकारी दिए ।





