लेकसाइडमा पर्यटकलाई अनावश्यक दुःख दिनेहरु पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति ८ बजे हल्लनचोक क्षेत्रमा पर्यकटलाई बाटो छेकी होटल मिलाइदिन्छौं भन्दै उनीहरुको व्याग तान्ने तथा पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा-६ लेकसाइड बस्ने २२ वर्षीय सुदीप अर्याल, २६ वर्षीय सन्दीप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्रबहादुर प्रधान, २३ वर्षीय सुशील महतो र २६ वर्षीय राजन पौडेल हुन् ।

कास्की प्रहरीका सूचना अधिकारीका अनुसार उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button