पोखरा बाटुलेचौरका जिसी पक्राउ

  • पोखरा न्यूज
  • २०८० माघ १८
पोखरा बाटुलेचौरका जिसी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई आठ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरका २४ वर्षीय अजय जिसी रहेका छन् ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको टोलीले बिहीबार जिसीलाई पक्राउ गरि जिल्ला अदालतमा पेस गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

लागूऔषध डाइजेपामसमेतको मुद्धामा जिल्ला अदालत कास्कीले २०८० जेठ १९ मा जिसीविरुद्ध दुई वर्ष कैद सजाय र एक लाख चार हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रहरीका अनुसार उनले २ महिना १६ दिन कैद अशुल गरेको तर एक वर्ष ९ महिना १४ दिन कैद सजाय र एक लाख चार हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रहँदा फरार भएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस