पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टू तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ ।
प्रतियोगिता आगामी फागुन ४ देखि ७ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनौट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ ।
हिसान गण्डकीको सदस्य विद्यालय बीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । उनले कास्की जिल्लाबाट १२ टिम छनोट हुने जानकारी दिए ।
कास्कीबाट १२ र अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बरालले बताए ।
कास्की छनोटमा करिब ५० विद्यालयको सहभागिता जनाउने सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताए ।
कास्की छनोटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रयितोगितामा एउटा विद्यालयबाट २ टिमले सहभागिता जनाउन पाउने उनले बताए ।
यसैगरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागीता हुने लिगले बताए ।
खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
कास्की छनौट पोखरा-४ गैरापाटनमा रहेको वि-फिट फुटसलमा हुनेछ भने प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुनेछ ।
सविन मेमोरियल क्लब राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो ।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए ।
युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उनको भनाइ छ ।
हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको बैठकले प्रतियोगिता सम्पन्न गर्न न्यायिक समिति बताएको छ ।
समितिमा केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसीको संयोजकत्वमा केन्द्रीय सचिव कृष्ण केसी, कास्की जिल्ला अध्यक्ष यमबहादुर रोका र गण्डकी प्रदेश हिसानका सदस्य त्रिभुवन शर्मा छन् ।
बैठकले प्लस टूको टिम दर्ता माघ २३ गते भित्र गरिसक्नुपर्ने र युनिभर्सिटी लेवलको टिम दर्ता फाल्गुन १ गतेभित्रमा गरिसक्नु पर्ने निर्णय गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार खर्च हुने प्रदेशका कोषाध्यक्ष राजेन्द्रमणि पौडेलले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution