पोखरा । पोखरामा शनिबारदेखि दोस्रो हिमालयन ब्रुअरी तथा १३औँ बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता हुँदैछ ।
बगर भाइ खलकको आयोजनामा हुने प्रतियोगितामा तीन विधामा ३६ टीमले प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
भेट्रान खेलाडीलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागिएको अध्यक्ष गुरुङ्गले बताए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।
‘हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौँ । प्रतियोगिताको मुख्य उद्देश्य भनेको ग्रासरुट फुटबल खेलाडी उत्पादन गर्नु हो’, उनले भने ।
‘ग्रासरुटको विकासमा बुढाहरुको फुटवल किन भनियो भने बुढाहरु त खेल्दारहेछन् हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं’, उनले भने ।
सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षकसमेत रहेका केसी वरिष्ठ प्रशिक्षक हुन् ।
प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख, उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टीमले प्रतिस्पर्धा गर्नेछन् ।
यता, ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ ।
यसैगरी ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितालाई हिमालयन ब्रुअरी प्रालिले मुख्य प्रायोजना गरेको छ । प्रतियोगितामा पोखरासहित भारतको देहरादून, काठमाडौं, ललितपुर, चितवन, सिराहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution