पोखरा । कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् ।
११ महिनादेखि रिक्त कम्पनीमा पाेखरेलले निमित्त प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
कम्पनीका अध्यक्ष सवनम शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जनामध्ये पोखरेललाई नियुक्त गरेको हो ।
कृषि मन्त्रालय अन्तर्गतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो ।
समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेललाई नियुक्त गरिएको हो ।
पोखरेलले २०५२ मा शाखा अधिकृतबाट सेवा सुरु गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution