स्याङ्जा । स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा महादेव श्रेष्ठ विजयी भएका छन् ।
संघको १६औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा हिक्मत श्रेष्ठलाई ८ मतले पछि पार्दै महादेव विजयी भएका हुन् । महादेवले १ सय ४९ मत र हिक्मतको १ सय ४१ मत प्राप्त गरे ।
अध्यक्ष पदमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा राजप्रसाद घिमिरेले १ सय २ र नारायणप्रसाद ढकालले ६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठ, महासचिवमा रवीन्द्र केसी, कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ निर्वाचित भए । महासचिवमा ३ र अन्यमा २÷२ जनाबीच प्रतिस्पर्धा भएको हो ।
सदस्यमा हिटलर पौडेल, अमृत लामिछाने, मीनाकुमारी सुवेदी, सुदर्शन रेग्मी, छायादत्त सापकोटा, सूर्यप्रसाद शर्मा लामिछाने, कौशिला पौडेल (करुणाा), राजेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।
वाणिज्य, उद्योग र महिलातर्फ उपाध्यक्षमा क्रमशः शाखालिद मियाँ, दीपककुमार श्रेष्ठ र गंगा प्रधान निर्विरोध निर्वाचित भए ।
सहकोषाध्यक्ष र सहसचिवमा भने उम्मेदवारको योग्यता नपुग्दा दुवै पद रिक्त रहे । संघका ५ सय ८७ मतदाता (नवीकरण गरिएका) मध्ये ४ सय ७५ मत खसेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution