पोखरास्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औँ वार्षिकोत्सव

  • पोखरा न्यूज
  • २०८० माघ १८
पोखरास्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औँ वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औं अभिभावक दिवस, वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले परिमार्जित शिक्षा आजको आवश्यकता भएको बताए । उनले शिक्षा काम र मामसित सम्बन्धित नहुँदा विदेश पलायनको समस्या बढेको बताए । उनले समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरीय शिक्षाका लागि वडामा आफू लागि परेको बताए ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले १२ कक्षाको नतिजामा उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई प्रेरित गरे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक र निजी विद्यालयमा भएको पाठ्यक्रमलाई एकरुपता दिने नीति बनाउन लागेको बताए ।

नेशनल प्याव्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराईले सरकारले निजी विद्यालयलाई असुरक्षित हुने गरी नीति ल्याउन लागेकाले यो ब्यवहारिक नभएको गुनासो गरे ।

कार्यक्रममा उच्च शिक्षालय हिसान कास्कीका अध्यक्ष यमबहादुर रोक्का, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, युनिप्स नेपाल कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङ, राइजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ र लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले बोलेका थिए ।

विद्यालय संचालक समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य विकल पौडेलले विद्यालयको प्रगति विवरण र भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा पूर्व प्रचार्य विष्णुहरि पौडेल, शिक्षक लक्ष्मी घिमिरे, लक्ष्मी गुरुङ, टीका केसी र मीना परियार, नृत्य प्रशिक्षक मिलन तामाङ, खेल प्रशिक्षक शंकर प्रसाद शाह, शम्भु केसी र चित्रकलाका प्रशिक्षक नगेनसिंह ठकुरी, कर्मचारी कविता गुरुङ, प्रसाद गुरुङ, पूर्व शिक्षक गोपाल शाहीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारी, विद्यार्थीद्वय बर्षा तामाङ र आशिका तामाङले स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम सञ्चालन कक्षा ११, १२ का संयोजक बिष्णुहरि पौडेल तथा अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने गरेका थिए । विद्यालयमा हाल सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस