जनप्रिय क्याम्पसमा नेविसंघको रक्तदान, ७६ युनिट रगत संकलन

पोखरा । नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइले रक्तदान कार्यक्रम आयोजना गरको छ ।

कार्यक्रममा ७६ युनिट रगत संकलन भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रम शुभारम्भ गर्दै जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले रक्तदान अन्यन्तै पूण्यको काम भएको भन्दै नेविसंघले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

विद्यार्थी नै यस्तो सामाजिक कार्यमा जोडिनु अत्यन्तै प्रशंसनीय भएको उनले बताए ।

निमित्त क्याम्पस प्रमुख रमेश खड्काले नेविसंघले शैक्षिक, राजनीतिक र सामाजिक कार्यमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा क्याम्पसका संस्थापक स्ववियु सचिव एवम् नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेशसभा (क) का सचिव ध्रुवराज अधिकारी, निवर्तमान क्याम्पस प्रमुख कृष्णबावु बराल लगायतले रक्तदान कार्यक्रमको महत्वबारे चर्चा गरेका थिए ।

नेविसंघका सभापति एवं केन्द्रीय सदस्य निर्दाेष विक्रम पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुजन भट्टराई र स्वागत सदस्य अमृत काफ्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button