जनप्रिय क्याम्पसमा नेविसंघको रक्तदान, ७६ युनिट रगत संकलन

पोखरा । नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइले रक्तदान कार्यक्रम आयोजना गरको छ ।

कार्यक्रममा ७६ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले रक्तदान अन्यन्तै पूण्यको काम भएको भन्दै नेविसंघले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

विद्यार्थी नै यस्तो सामाजिक कार्यमा जोडिनु अत्यन्तै प्रशंसनीय भएको उनले बताए ।

निमित्त क्याम्पस प्रमुख रमेश खड्काले नेविसंघले शैक्षिक, राजनीतिक र सामाजिक कार्यमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा क्याम्पसका संस्थापक स्ववियु सचिव एवम् नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेशसभा (क) का सचिव ध्रुवराज अधिकारी, निवर्तमान क्याम्पस प्रमुख कृष्णबावु बराल लगायतले रक्तदान कार्यक्रमको महत्वबारे चर्चा गरेका थिए ।

नेविसंघका सभापति एवं केन्द्रीय सदस्य निर्दाेष विक्रम पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुजन भट्टराई र स्वागत सदस्य अमृत काफ्लेले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button