पोखरा । मुद्रण उद्योग संघ कास्की र मणिपाल शिक्षण अस्पताल पोखरा बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ मा सहमति भएको छ ।
मुद्रणको तर्फबाट अध्यक्ष चिन्तामणि बास्तोला र मणिपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले सहमति पत्रमा हस्ताक्षर गरी दुवै पक्षबाट मञ्जुरी गरेका हुन् ।
सम्पर्क व्यक्तिमा मणिपाल अस्पतालको तर्फबाट प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ र मुद्रणको तर्फबाट महासचिव पदम श्रेष्ठ रहेका छन् ।
सम्झौतासँगै मुद्रण उद्योग संघ कास्कीमा आवद्ध कर्मचारी र परिवारका सदस्यहरुले उपचार गर्न जाँदा निःशुल्क दर्ता र अन्य सेवामा १० देखि २५ प्रतिशतसम्मको छुट हुने संघ द्वितीय उपाध्यक्ष प्रकाशराज पौडेलले जानकारी दिए ।
व्यवसायी तथा कर्मचारी र उनका परिवारहरुको आधिकारिक परिचयपत्र वितरणको काम सुरु गरिएको र त्यसै परिचय पत्रका आधारमा छुट हुने उनले बताए ।
संघका अध्यक्ष चिन्तामणि बाँस्तोलाले मुद्रण व्यवसायी, कर्मचारी र उनका परिवारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मणिपाल शिक्षण अस्पतालसँग मञ्जुरीसहित सम्झौता गरिएको बताए ।
उनले संस्थामा करिब १ सय भन्दा बढी मुद्रण उद्योगीहरु र करिब ८ सय जना यसमा आश्रित रहेको बताए ।
मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजना’ अन्तर्गत सम्झौचा गरिएको बताए ।
अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले मुद्रण व्यवसायीसँग स्वास्थ्य परीक्षण योजनामा सहमति गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य शिविर लगायतका काममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले सहमतिले मुद्रण व्यवसायमा आवद्ध व्यवसायी, कर्मचारी र उनका परिवारहरुलाई विशेष राहत मिल्ने विश्वास व्यक्त गरे ।
महासंघका प्रदेश अध्यक्ष वसन्त बास्तोलाले मुद्रण उद्योग संघ कास्कीले अति आवश्यक र उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका सञ्चालक नारायण पौडेल, सहायक व्यवस्थापक रुद्र खत्री, मुद्रण उद्योग संघ कास्कीका सहकोषाध्यक्ष झंकनाथ अधिकारीलगायत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution