साईनिङ्ग स्टार लायन्सद्वारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

पोखरा । लायन्स क्लव अफ पोखरा साईनिङ्ग स्टारले कास्कीको मादी गाउँपालिका चितेपानीस्थित हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

आज विद्यालयमा आयोजितक एक कार्यक्रममा विद्यालयका १४ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमका गर्भनर भिमलाल पौडेल र क्लबका अध्यक्ष पोषराज पौडेलले विद्यार्थीलाई ज्याकेट, स्वीटर र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पौडेलले सहयोग विद्यार्थीका अतिनै महत्वपूर्ण हुने बताए । उनले शैक्षिक सामाग्रीयले अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मादी-५ का वडाध्यक्ष हुमनाथ अधिकारी, सदस्य डिल्लीराम अधिकारी, क्लवका सदस्य दामोदर पौडेल, तिलक सिग्देल लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव टोलप्रसाद गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button