पोखरा । पोखरा महानगरपालिका वडा नंं ३ नदीपुरस्थित माउण्ट अन्नपूर्ण माविका विद्यार्थीका बीच जनचेतनामूलक चलचित्र प्रतिवद्धता प्रदर्शन गरिएको छ ।
एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ भन्ने मूल उद्घोषका साथ निर्माण गरेको उक्त फिल्म संघले विभिन्न समय-समयमा प्रदर्शन गरेर पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघका अध्यक्ष विश्वमोहन गौचनले जानकारी गराए ।
सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै तीन दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा उल्लेख्य काम गरेको बताए ।
उनले संघको आयोजना र केन्द्रको सहआयोजनामा विभिन्न समयमा यसरी नै फिल्म प्रदर्शन हुँदै युवा पुस्तामा सचेतना फैलाउँदै आएकोसमेत जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक सइन्द्र श्रेष्ठले विद्यार्थी भाइबहिनीले सामान्य ठानेका घटना तथा विषयवस्तुले कालान्तरमा दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसबाट सचेत गराउन फिल्म उपयोगी रहेको धारणा राखे ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका प्रहरी हवल्दार गौतमकुमार हायुले पछिल्लो समय बढ्दै गएको साइबर अपराधबारे विद्यार्थीलाई सचेतना गराएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution