सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि छलफल

  • पोखरा न्यूज
  • २०८० माघ १९
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि छलफल

पोखरा । अठारौँ सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका आवश्यक तयारी एवं छलफले तीव्रता पाएको छ । यसैक्रममा पोखरा महानगरका विभिन्न विद्यालय, हिसान, एनप्याब्सन लगायतका संघसंस्थासँग अन्तरक्रिया भएको छ ।

पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा भएको अन्तरक्रियामा सहभागीले सफल पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाए ।

विशेषगरि म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाएसँगै आयोजकले सहभागीहरुको संख्यामासमेत कोटा निर्धारण गरेको छ । यस पटक अन्य सहभागीलाई नन अफिसियल दौड ‘रन फर फन’ मा सहभागी गराउने आयोजकले जनाएको छ ।

आयोजक भूतपूर्व खेलाडी मञ्च मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले यस पटक कोटा र संख्या निर्धारण गरिएको भन्दै विद्यालयलाई दर्तामा समस्या नहोस् भन्नका लागि महानगरको समन्वयमा अन्तक्रिया तय गरिएको बताए ।

माघ २८ गतेसम्म अन्तिम दर्ता मिति रहेको जनाउँदै उनले सबै सहभागी विद्यालयहरुले अनिवार्य रुपमा म्याराथनको पोर्टलबाट मात्रै दर्ता गर्न आग्रह गरे ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले विद्यालयलाई आफ्नो सहभागिता समयमा गर्न आग्रह गर्दै सहभागी सबैलाई चिप्स उपलब्ध गराउने जनाए ।

कार्यक्रममा हिसान कास्कीका पुरण कुँवर, नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्कालगायतले सुझाव राखेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस