मादी-१ मा वडा कार्यालयको घुम्ती सेवा, वडावासी खुसी

  • पोखरा न्यूज
  • २०८० माघ १९
मादी-१ मा वडा कार्यालयको घुम्ती सेवा, वडावासी खुसी

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ ले घुम्ती सेवामार्फत जनता वडाको सेवा प्रवाह गरेको छ ।

वडा कार्यालयले प्रत्येक दुई महिनामा एक पटक-फरक फरक स्थानमा घुम्ती सेवा उपलव्ध गराउँदै आएको छ ।

जसअन्तर्गत यसपटक वडाको खिलाङमा घुम्ती सेवा प्रवाह गरिएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले आफ्नो चुनावी घोषणापत्रमा पनि घुम्ती सेवामार्फत जनताको काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनका अनुसार घुम्ती सेवामार्फत वडा कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाहरू उपलव्ध हुनेछ ।

साथै माछापुच्छ्रे बैंकको सिक्लेस शाखासँगको समन्वयमा घुम्ती बैङ्किङ सेवामार्फत सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिएको छ ।

वडास्तरमा आ.व. ०८०/०८१ को दोस्रो त्रैमासिक किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तर्गत ६० जना लाभग्राहीलाई करिब ६ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताए ।

घुम्ती सेवा सञ्चालन गर्न थालेपछि वडावासीलाई वडामा आउने झण्झट नभएको र सबै सेवा दैलोबाटै पाइने भएपछि वडावासी खुसी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

वडाध्यक्ष गुरुङले घुम्ती सेवालाई थप प्रभावकारी बनाउँदै निरन्तर सञ्चालन गरिरहने प्रतिवद्धता जनाएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस