पोखराकाे ईन्द्रराज्यलक्ष्मी माविकाे विद्यालय व्यवस्थापन समितिको वार्षिक समीक्षा

  • पोखरा न्यूज
  • २०८० माघ १९
पोखराकाे ईन्द्रराज्यलक्ष्मी माविकाे विद्यालय व्यवस्थापन समितिको वार्षिक समीक्षा

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित ईन्द्रराज्यलक्ष्मी माविको विद्यालय व्यवस्थापन समितिले एक वर्षमा गरेका कामहरुको समीक्षा गरेको छ ।

नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको एक वर्ष पूरा भएको अवसरमा समीक्षा गरिएको अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद अम्गाइँका अनुसार एक वर्षमा समितिको २४ नियमित र पाँच विशेषसहित २९ वटा बैठक सम्पन्न भएका छन् । उनले सोही अवसरमा २९ वटा बैठककले गरेका निर्णयहरु र निर्णय कार्यान्वयनका अवस्थाबारेमा समेत जानकारी गराएका थिए ।

सो अवसरमा शिक्षक-अभिभावक सङ्घका अध्यक्ष राजकुमार क्षेत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापालाई विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

समितिका अध्यक्ष थापाले विद्यालयको समग्र विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा अनुगमन समितिका संयोजक चित्रबहादुर थापाले विद्यालय व्यवस्थापन समिति मातहतका सम्पूर्ण समिति, विद्यालय प्रशासन, शिक्षक, कर्मचारी एकढिक्का भएमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताए ।

समीक्षा कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक सङ्घका अध्यक्ष, सहायक प्रधानाध्यापकद्वय पूर्णभद्र अधिकारी (शैक्षिक), बलबहादुर श्रेष्ठ (प्रशासनिक) लगायत सहभागी भएको विद्यालयका सूचना अधिकारी सीता पौडेलले जानकारी दिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस