नेविसंघ पोखरा इन्जिनियरिङ्गको सभापतिमा नम्रता लम्साल निर्वाचित

पोखरा । नेपाल विद्यार्थी संघ पोखरा इन्जिनियरिङ्ग कलेज इकाइको सभापतिमा नम्रता लम्साल निर्वाचित भएकी छन् ।

संघको एघारौ अधिवेशनले लम्साललाई सर्वसम्मत सभापतिमा निर्वाचित गरेको हो ।

संघको उपसभापतिमा सुवास चन्द्र पण्डित र उपसभापतिहरुमा मीलन डुम्रे, निरोज बराल, सन्देश अधिकारी, गृष्मा पौडेल छन् ।

यसैगरी सचिवमा अनुराग पहारी, सहसचिवमा सुन्दर पौडेल, प्रकाश भुषाल र निशा सुर्खाली, कोषाध्यक्षमा सिम्रन ढकाल र सहकोषाध्यक्षमा निशा शर्मा छन् ।

संघको कार्यसमिति सदस्यहरुमा दिपेश दुवाडी, सुमिना डाँगी, रमाकान्त दवाडी, कृष्णकुमार गिरी, अंकित भण्डारी, शशांक ढुङ्गाना, प्रज्वल पराजुली, स्नेहा शर्मा, सुमित धिताल, अमृत कार्की, पवन भण्डारी, स्वस्तिका गिरी, उत्सव श्रेष्ठ र सन्देश अधिकारी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button