लेबनानमा तैनाथ एक नेपाली सैनिकको निधन

पाेखरा । शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन भएको छ ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानमा तैनाथ श्री पुरानो गोरख गण ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको जनाएको छ ।

सेनाले दिएको जानकारी अनुसार थापालाई गाणको हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागी घाइते भएको अवस्थामा फेला पारिएको थियो ।

अस्पतालमा उपचारका क्रममा दोलखा घर भएका उनको बिहीबार निधन भएको हो । उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button