जीप दुर्घटनामा दुई जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८० माघ २०
जीप दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका-२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए ।

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए ।

दुर्घटनामा पणेना-१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् ।

उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस